तनहुँ बस दुर्घटना: १४ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– आज शुक्रबार तनहुँको मरस्याङ्दी बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिएका छन ।

शुक्रबार तनहुँको मरस्याङ्दी नदीमा बस खसेको थियो । शुक्रबार बिहान साढे एघार बजे आबुखैरेनी गाउँपालिका– २ ऐनापहरास्थित सडकबाट मर्स्याङ्दी नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us