भ्रष्टाचार नियन्त्रण सरकारको मौखिक प्रतिबद्धता मात्र होइन: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरु गरेका कामहरूबाट नागरिकमा आशा जाग्न थालेको बताएका छन ।

आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसदले गरेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सरकारले यथार्थमा परिवर्तन ल्याउने काम गर्ने भन्दै सरकारले थालेका कामहरूबाट आशा जाग्न थालेको बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा लागेका छौँ र छोटो परिणाम देखिन थालेका छन्, ‘गतवर्षको तुलनामा साउन महिनामा राजश्व परिचालन र पुँजीगत खर्च वृद्धि भएको छ ।’

उनले घरजग्गा कारोबार वृद्धि हुँदै गएको, पुँजिबजारमा उल्लेखनीय सुधार आएको र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको बताएका छन ।

उनले भने, ‘राष्ट्रका घोषित नीतिहरूको उद्देश्य पुरा गर्न यो सकारात्मक संकेत हो । यस्ता कुराहरूले अवश्य नै जनतामा निराशा होइन, आशावादित जगाउँदै जानेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us