मोदीसँगको भेटबारे परराष्ट्रमन्त्रीः ध्यान दिएर सुन्नुभयो

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपाल र भारतका द्वीपक्षीय संयन्त्रहरुमार्फत सम्वाद सुरु हुने विश्वास व्यक्त गरेकी छन । आज बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरु कुरा गर्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन ।

उनले आफ्नो भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिबृद्धि गर्न उल्ल्खय भूमिका निर्वाह दाबी समेत गरेकी छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा बाढी, एयर रुट पञ्चेश्वर लगायतका मुद्दामा कुराकानी भएको उनले जानकारी दिएकी छन ।

मोदीसँग भएको भेटबारे उनले भनिन्, ‘ध्यान दिएर सुन्नुभयो । नेपाललाई एकदमै माया गर्नु हुदोरहेछ । यो कुराहरुमा अगाडि बढ्न आफ्नो देशको संयन्त्रलाई हाम्रै अगाडि अह्राउनुभयो ।’ भारतले नेपालप्रति एकदमै सदासयता देखाएको भन्दै उनले भनिन्, ‘जतिपनि संयन्त्रहरु छन्, त्यो सबै सुचारु रुपमा सञ्चालन हुन्छ भन्ने आशा गर्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us