नेताहरुबारे नकारात्मक कुरा सामाजिक सञ्जालमा नलेख्न एकीकृत समाजवादीको निर्देशन

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १८:१८ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पार्टीका नेताहरुबारे नकारात्मक टिप्पणी सामाजिक सञ्जालमा नलेख्न निर्देशन दिएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले बिहीबार एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरुबारे सामाजिक सञ्जालमा नकारात्मक नलेख्न र शेयर नगर्न निर्देशन दिएका हुन् ।

परिपत्रमा भनिएको छ, ‘राजनीतिक व्यक्ति आफुप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरु कमरेडहरुले पनि उत्तरदायित्वको माग गर्छन् भन्ने कुरा हामीले बुझ्नु पर्छ, ‘त्यसैले पार्टी सम्बद्ध कुनै पनि कमरेडले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु कमरेडहरुका बारेमा कुनै पनि नकारात्मक कुराहरु नलेख्न, शेयर नगर्न, बरु आफुलाई लागेका सबै कुरा पार्टी पद्धति अनुसार उठाउन हार्दिक अपिल गरिन्छ ।’

दशौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरुको मर्यादा समेत नराख्नेगरी सामाजिक सञ्जालमा टिप्पणी भएको पनि परिपत्रमा गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us