रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १५:५७ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

पूर्वगृहमन्त्री लामिछानेलाई भोलि शुक्रबार (७ भदौ) मा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।

समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको पनि सभापति थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us