भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन: रवि लामिछाने

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १४:१५ मा प्रकाशित

 

काठमाण्डु, ६ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षे हदम्याद राख्ने प्रस्तावित व्यवस्था आफूहरुलाई मान्य नरहेको बताएका छन ।

आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सभापति यस्तो बताएका हुन । लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने पक्षमा नरहेको पनि बताएका छन ।

उनले भने, ‘भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो इफ, नो बट । हाम्रो कुरा क्लियर कट । भ्रष्टाचारको अनुसन्धानमा हदम्याद लागू हुने छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us