माओवादी केन्द्रले सुरु ग–यो प्रदेश तहको बैठक

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १७:५७ मा प्रकाशित

 

काठमाण्डु,५ भदौ – नेकपा माओवादी केन्द्रले बुधबारदेखि प्रदेश तहका बैठक र छलफल सुरु गरेको छ । स्थायी समितिको बैठकबाट भएको निर्णय अनुसार प्रदेश तहमा छलफल गरी सुझाव संकलनका लागि बुधबारबाट प्रदेश तहको छलफल सुरु गरेको छ । प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुबाट सुझाब संकलनका लागि बाग्मती प्रदेशबाट आजबाट बैठक सुरु भएको हो । बागामती प्रदेशको बैठक बुधबार र बिहीबार चल्नेछ ।

बैठकमा पदाधिकारी र स्थायी कमिटी बैठकले तय गरेको पार्टीको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुनेछ । यसअघि माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक बसी पार्टी कार्यक्रमबारे छलफल गर्नेगरी माओवादीको बसेको थियो ।

त्यसैगरि ७–८ भदौमा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेश, ९–१० भदौमा गण्डकी, १२–१२ भदौमा सुदूरपश्चिम, १४–१५ भदौमा कर्णाली र १६–१७ भदौमा लुम्बिनी प्रदेशको बैठक बस्ने गरि केन्द्रीय कार्यालयले बैठकका लागि तालिका तय गरेको थियो ।
१८–१९ भदौमा केन्द्रीय आयोगका सदस्यहरु, २२–२३ भदौमा मधेश, २४–२५ भदौमा १ नम्बर प्रदेश, २७–२८ भदौमा जवस र केन्द्रीय विभागका सदस्यहरुको बैठक हुनेछ ।
३१ भदौदेखि १ असोजसम्म प्रवासमा रहेका केन्द्रीय सदस्यहरुको र २–३ असोजमा जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरको बैठक बस्ने तालिका रहेको छ । सबै प्रदेशको बैठक सकिएपछि पार्टी केन्द्रीय समितिको बैठक राखेर माओवादीले भावी कार्यक्रमबारे निर्णय लिने भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us