काठमाण्डु, ६ भदौ– प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदैछन् ।
संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तर हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ अनुसार हरेक महिना प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्रीसँग सांसदले प्रश्न सोध्ने कार्यक्रम छ ।
यस्तै बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची पनि छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक र आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्ुतत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै नेकमकिपा सांसद प्रेम सुवालले उक्त प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूचीमा उल्लेख छ ।