समाचार

बंगलादेश बनाउँछु भनेको होइन, दुई तिहाईको अहंकार गर्दा शेख हसिना भागेको नबिर्सनु भनेको होः प्रचण्ड

२०८१ असोज २३ गते ९:४८

काठमाण्डू, २३ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल बांग्लादेश हुने वा बंगलादेश बनाउने अभिव्यक्ति आफूले कहीं नदिएको बताएका छन् । नेपाली सन्चार माध्यमका सम्पादकसंग बुधबार बिहान अन्तर्क्रिया गर्दै प्रचण्डले सरकारले दुई तिहाइको अहंकार प्रदर्शन गरिरहे बंगलादेश जस्तो हुन सक्छ भनेको उनको...

नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा छ: अध्यक्ष प्रचण्ड

२०८१ असोज २३ गते ९:२८

काठमाण्डु, २३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा रहेको दाबी गरेका छन । अमेरिका र चीनबिचको प्रतिस्पर्धामा नेपाल इपिसेन्टर बन्ने खतरा दिन प्रतिदिन बढ्दै गएको प्रचण्डले आङ्कलन रहेको छ । आज बुधबार विभिन्न...

पूर्वराजा ज्ञानेन्द्रको भुटान भ्रमण राजनीतिक संकटकै निरन्तरता होः प्रचण्ड

२०८१ असोज २३ गते ९:२५

काठमाण्डू, २३ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमण राजनीतिक संकटको निरन्तरता भएको बताएका छन् । प्रमुख सन्चार माध्यमका सम्पादकसंग बुधबार बिहान अन्तर्क्रिया गर्दै उनले पूर्व राजाको भ्रमण र उनलाई भुटानमा गरिएको स्वागत तथा त्यसपछिको राजनीतिक अभिव्यक्तिलाई संकटकै निरन्तरताका...

मुलुक संकटमा छ, रास्ट्रिय एकताका लागि भूमिका खेल्छुः प्रचण्ड

२०८१ असोज २३ गते ९:०७

काठमाण्डू, २३ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष नभनी राष्ट्रिय सहमति जरुरी रहेको बताएका छन् । प्रमुख सन्चार माध्यमका सम्पादकसंग बुधबार बिहान अन्तर्क्रिया गर्दै उनले सरकारलाई प्रतिपक्ष, नागरिक, सन्चार माध्यम सबैले मिलेर काम गर्नुपर्ने बताए । सरकारले विपद...

बडादशैंको छैटौं दिन आज कात्यायनी देवीको पूजा गरिंदै

२०८१ असोज २३ गते ८:२७

काठमाण्डु, २३ असोज– आज (बुधबार) छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरेर मनाइदैँ छ । हरेक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ असोज २३ गते ८:११

काठमाण्डु, २३ असोज– पाल्पामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुकी भएको दुघनामा परी घाइते भएका दुई जनामध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचाइ ठकुरी रहेको जिल्ला...

गण्डकी प्रदेशमा डेंगुबाट ७ जनाको मृत्यु

२०८१ असोज २३ गते ७:३८

पोखरा, २३ असोज–डेंगु सङ्क्रमणबाट गण्डकी प्रदेशमा तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष,...

विकास निर्माणको शैलीमा आमुल परिवर्तन गर्नुपर्छःओली

२०८१ असोज २२ गते २०:५१

काठमाण्डू, २२ असोज-प्रधानमन्त्री केपी ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनको शैली अपनाउनुपर्ने  बताएका छन् । लगानी बोर्डको ५९औं बैठकमा मंगलबार बोर्डका अध्यक्षसमेत रहेका ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारी रूपमा काम गर्न सम्वद्ध निकायलाई आग्रह...

कांग्रेस नेताको स्वीकारोक्तिः विपदमा सरकारको भूमिका कमजोर भएकै हो

२०८१ असोज २२ गते २०:४०

काठमाण्डू, २२ असोज-कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले बाढीपहिरोको विपदका बेला सरकारको उपस्थिति कमजोर देखिएको स्वीकार गरेका छन् । कांग्रेसका भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्यहरूसँग मंगलबार भएको छलफलमा महरले बाढीपहिरो र डुबानका बेला सरकारले प्रभावकारी उपस्थिति देखाउन नसकेको बताए । जनता दु:खमा परेका बेला राज्यले...

धवलागिरिमा ५ जना रसियन आरोहीको मृत्यु

२०८१ असोज २२ गते १८:११

काठमाण्डु, २२ असोज– धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर प्रप्त भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिएका छन । आरोहणका क्रममा ८ हजार मिटर...

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

२०८१ असोज २२ गते १७:२६

काठमाण्डु, २२ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज मंगलबार संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन...

एमाले केन्द्रीय सदस्य शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर

२०८१ असोज २२ गते १७:२०

काठमाण्डु, २२ असोज– नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई उच्च अदालत पाटनले बहुविवाहमा दोषी ठहर गरेको छ । उच्च अदालतका न्यायाधीशद्धय डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले असोज ६ गते शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको हो । उनलाई उच्च अदालतले बहुविवाह गरेको कसुरमा एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us