काठमाण्डु, २२ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज मंगलबार संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको सो विधेयकलाई प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले स्रोतले जानकारी दिएको छ ।