समाचार

धनगढीमा झन्डै २ लाखसहित ६ जना जुवाडे

२०८१ असोज २२ गते १३:१४

काठमाण्डु, २२ असोज– प्रहरीले धनगढीबाट झन्डै दुई लाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ को श्रीलंका टापुमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका–२ बस्ने ३५ वर्षीय...

मेलम्ची पानी आजदेखि आउँदै

२०८१ असोज २२ गते १३:०७

काठमाण्डु, २२ असोज– मेलम्ची पानी आजदेखि काठमाण्डुमा आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले जानकारी दिएका छन । मन्त्री यादवका अनुसार आजदेखि पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने भएको छ । मन्त्री यादवले...

जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा

२०८१ असोज २२ गते १३:०१

काठमाण्डु, २२ असोज– जनमत पार्टीका सचिव बीपी साह सहित सात जनाको निलम्बन फुकुवा भएको छ । पार्टीको नीति बिपरीतका गतिविधिमा संलग्न भएको आरोपमा साह सहितका नेताहरु तीन महिने निलम्बनमा परेका थिए । त्यो अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको उक्त पार्टी...

जङगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२०८१ असोज २२ गते १२:२६

काठमाण्डु, २२ असोज– कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीको आक्रमणबाट एक जनको मृत्यु भएको छ । २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित...

दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमायाको निधन

२०८१ असोज २२ गते १२:२०

काठमाण्डु, २२ असोज– लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको निधन भएको छ । ५८ वर्षीय गुरुङको उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटोमै निधन भएको उनको पारिवारीक स्रोतले जानकारी दिएको छ । केही समयदेखि उनी पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् ।...

हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

२०८१ असोज २२ गते १२:०४

काठमाण्डु, २२ असोज– हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्ड एक नागरीकको मृत्यु भएको छ । पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ । पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको रसुवा...

क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

२०८१ असोज २२ गते ११:४३

काठमाण्डु, २२ असोज– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन । उनले भने, ‘उच्च अदालतको फैसला चित्त बुझ्यो...

सिंहदरबारलाई हर्क साम्पाङको पत्र– लौन सरकार खत्रा लाग्नुपर्‍यो

२०८१ असोज २२ गते ११:२६

 काठमाण्डु, २२ असोज– धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन । बोलीचालीकै भाषामा उनले पत्रमा लेखेदै भनेका छन, ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन...

छतमा यात्रु बोक्नेलाई २० हजार जरिवाना

२०८१ असोज २२ गते १०:३७

काठमाण्डू, २२ असोज- जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका गाडीलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम जरीमाना गरेको छ । यात्रु बोक्ने अनुमति नभएको गाडीले छतमा खचाखच यात्रु बोक्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो । खाद्यान्न तथा अन्य सामानले...

अर्थमन्त्री र कृषिमन्त्री भेटेर विनोद चौधरीले भनेः उखुको समर्थन मूल्य छिटो तोक्नुप-यो

२०८१ असोज २२ गते १०:२९

काठमाण्डू, २२ असोज- कांग्रेस सांसद विनोद चौधरीले अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर उखुको समर्थन मूल्य तोक्न माग गरेका छन् । समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेको भन्दै उनले अर्थमन्त्री र कृषि मन्त्रीलाई भेटेर उखुको मूल्य तोक्न माग गरेका हुन्...

बाढीपहिरो गएको १० दिनपछि बल्ल प्रभावित क्षेत्र पुगे मन्त्रीहरु

२०८१ असोज २२ गते ८:४८

काठमाण्डु, २२ असोज– बाढीपहिरोले जनजीवन नराम्ररी प्रभावित भएको एक साताभन्दा बढी समयपछि मात्र मन्त्रीहरु प्रभावित क्षेत्रको अनुगमनमा निस्किएका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई बाढीपहिरोले बितण्डा मच्चाएको १० दिनपछि मात्र प्रभावित क्षेत्र पुगे । उनीहरुको...

६५ लाखमा किनेको नयाँ गाडी एक महिनामै दुर्घटनाग्रस्त

२०८१ असोज २२ गते ८:३७

काठमाण्डु, २२ असोज– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते ६५ लाखमा किनेको बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस सोमबार दुर्घटना भयो । काठमाण्डुबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us