काठमाण्डु, २२ असोज–आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने मनसुन करिब बाहिरिइसकेको...
काठमाण्डु, २२ असोज– यो वर्षको हिउँदमा औसतभन्दा धेरै पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पानी धेरै पर्ने र अघिल्ला वर्षहरुको तुलनामा जाडो कम हुने प्रक्षेपण गरेको छ । विभागको गरेको ऋतुगत आकलनअनुसार यो वर्ष असोज १५देखि पुस...
काठमाण्डू, २२ असोज- पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित एक पसलमा आगलागी भएको छ । कृष्ण ढकाल र अनिल ढकालले सञ्चालन गरेको द स्केट पार्क प्रा.लि.नामको पसलमा गएराति आगलागी भएको हो । पसल पूरै जलेर नस्ट हुँदा लाखौंको क्षति भएको कास्की प्रहरीले जनाएको छ । वडा प्रहरी...
काठमाण्डु, २२ असोज-दसैंको छैटौं दिन आज ‘कात्यायनी’ स्वरूपा दुर्गाको पूजा आराधना गरेर मनाइँदैछ । कात्यायनीलाई साहसको प्रतीक मानिन्छ। आजको दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट...
काठमाण्डू, २१ असोज- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी ओलीले सोमबार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीलत निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिएका छन् । संयुक्त राष्ट्र सङ्घको...
झापा, २१ असोज- झापामा हत्या आरोपमा नाबालकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मेचे राजवंशी र एक नाबालक रहेको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । उनीहरुमाथि बाह्रदशी गाउँपालिका–५...
काठमाण्डु, २१ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले शासन सत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवाहरूलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिएका छन । आज सोमबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा उनले उक्त सुझाव दिएका हुन ।...
काठमाण्डु, २१ असोज– नेपाल वायु सेवा निगमले २४ असोजमा काठमाण्डु–भैरहवा उद्धार उडान गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाण्डु उपत्यकाबाट बाहिर जाने र आउने राजमार्गहरू क्षतिग्रस्त भएपछि यात्रुलाई सहज होस् भन्ने उद्देश्यले उद्धार उडान गर्न लागिएको निगमले जानकारी...
काठमाण्डु, २१ असोज– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअधि मात्रै सुरु भएको हो । बैठक साँझ ५ बजे बोलाइएको भएपनि ढिलो गरी सुरु भएको एक मन्त्रीले जानकारी दिए । नियमित मन्त्रिपरिषद् बैठक भएकाले...
काठमाण्डु, २१ असोज– काठमाण्डुबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटनामा परेको छ । आज सोमबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई...
काठमाण्डु, २१ असोज– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच आज सोमबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली...
काठमाण्डु, २१ असोज– मन्त्रिपरिषद् गठन भएको ३ महिना पुग्न लाग्दासमेत एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । असार ३१ गते कांग्रेस, जनता समाजवादी पार्टी (जसपा)का दुवै समूह, जनमत पार्टी (जपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत साना...