काठमाण्डु, २१ असोज– काठमाण्डुबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटनामा परेको छ ।
आज सोमबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिएका छन ।
थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकरी दिएको छ ।