मुलुक संकटमा छ, रास्ट्रिय एकताका लागि भूमिका खेल्छुः प्रचण्ड

काठमाण्डु टुडे २०८१ असोज २३ गते ९:०७ मा प्रकाशित

काठमाण्डू, २३ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष नभनी राष्ट्रिय सहमति जरुरी रहेको बताएका छन् ।

प्रमुख सन्चार माध्यमका सम्पादकसंग बुधबार बिहान अन्तर्क्रिया गर्दै उनले सरकारलाई प्रतिपक्ष, नागरिक, सन्चार माध्यम सबैले मिलेर काम गर्नुपर्ने बताए । सरकारले विपद न्यूनीकरणको पूर्वतयारी र विपदपछिको उद्धार, राहत र पुनःनिर्माणमा सरकार चुकेको उनको भनाइ थियो ।

०७२ को भूकम्पपछि र अरु समयमा पनि राष्ट्रिय संकटका बेला मुलुकलाई एकताबद्ध गर्न भूमिका खेल्दै आएको स्मरण गरे । प्रचण्डले नेपालको विकास र भौतिक पूर्वाधार तथा प्राकृतिक स्रोतको उपयोगसम्बन्धी नीतिमा सुधार र परिमार्जन रहेको उल्लेख गरे ।

अवस्तुवादी विकास नीतिमा सुधार नभए प्राकृतिक विपदले हरेक वर्ष जनधनको ठूलो क्षति हुने क्रमको अन्त्य नहुने बताए ।

भूगोलसंग तादाम्यता नगरी विकास र भौतिक पूर्वाधार निर्माण गर्दा विपदको चपेटामा पर्नुपरेको भनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us