समाचार

दसैँ बिदामा आयल निगमका डिपोहरू आलोपालो खुल्ने

२०८१ असोज २३ गते १६:२९

काठमाण्डु, २३ असोज– यस बर्षको दसैँ बिदामा नेपाल आयल निगमका डिपोहरू आलोपालो खुल्ने भएका छन । दसैँको समयमा हुने पेट्रोलियम पदार्थको मागलाई सुचारु गर्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालय अन्तर्गत रहेका डिपोहरू आलोपालोमा खोल्न लागिएको नेपाल आयाल निगमले जानकारी दिएको छ । जस अनुसार...

एनआरएनएद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख सहयोग

२०८१ असोज २३ गते १६:१२

काठमाण्डु, २३ असोज– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्घका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा....

गौशालाको धर्मशालामा काठमाण्डु महानगरले राख्यो बोर्ड

२०८१ असोज २३ गते १५:४२

काठमाण्डु, २३ असोज– काठमाण्डु महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरको बोर्ड राखेको छ । मारवाडी सेवा समितिले अवरोध गर्दागर्दै महानगरको टोलीले बल प्रयोग गरेर काठमाण्डु महानगरको बोर्ड राखेको हो । ‘ काठमाण्डु महानगरपालिकाद्धारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर...

विश्व बैंकले बाढीपहिरोपीडितको राहतका लागि २० अर्ब ऋण दिने

२०८१ असोज २३ गते १५:३६

काठमाण्डु, २३ असोज– गत हप्ता भएको अविरल बर्षा सँगै आएको बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ (१५० मिलियन अमेरिकी डलर) ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले उक्त ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको छ । बाढी पहिरोले...

ज्ञानेन्द्र र उनको परिवारका कारण पनि राजतन्त्र फर्किदैन: प्रचण्ड

२०८१ असोज २३ गते १४:५१

काठमाण्डु, २३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजाको भुटान भ्रमण नेपालको आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएको दाबी गरेका छन । तर नेपालमा राजतन्त्र फर्किन सम्भवना नरहेको बताएका छन । आज सम्पादकहरुसँग भएको भेटको क्रममा प्रमुख प्रतिपक्षी दलका...

पर्वतमा पिङबाट खसेर एक युवकको मृत्यु

२०८१ असोज २३ गते १४:३८

काठमाण्डु, २३ असोज– पर्वतमा पिङ खेल्ने क्रममा पिङबाटै खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित ततरकोटका २४ वर्षीय संजय परियार रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टले जानकारी दिएका छन । हिजो मंगलबार साँझ...

कामना सेवा विकास बैंक र बुद्ध एयरबीच सम्झौता, टिकटमा ८ प्रतिशत छुट

२०८१ असोज २३ गते १४:२६

काठमाण्डु, २३ असोज– कामना सेवा विकास बैंकले बुद्ध एयर प्रा. लिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन ।...

धर्मशाला खाली गराउन महानगर प्रहरी गौशालामा, मोहीयानी हकको दाबीसहित मारवाडी आन्दोलित

२०८१ असोज २३ गते १३:४९

काठमाण्डु, २३ असोज– पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन काठमाण्डु महानगर प्रहरीको टोली यतिबेला गौशालामा पुगेको छ । जिल्ला अदालत काठमाण्डुले केही दिनअघि मात्र पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो । तर, धर्मशालामा समिति...

कुलमानलाई १५ बुँदे स्पष्टीकरण सोध्ने ऊर्जा मन्त्रालयको निर्णय

२०८१ असोज २३ गते १३:२९

काठमाण्डु, २३ असोज– ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने तयारी गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काको नेतृत्वमा मंगलबार बसेको बैठकले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ...

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

२०८१ असोज २३ गते १३:१२

काठमाण्डु, २३ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विधेयक प्रमाणीकरण गरेका छन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा बामोजिम ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् । संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठकबाट पारित भएर...

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

२०८१ असोज २३ गते १३:०१

काठमाण्डु, २३ असोज– वरिष्ठ गीतकार विश्व बल्लभको निधन भएको छ । उनको आज बुधबार ८० वर्षको उमेरमा निधन भएको हो । केही दिनदेखि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको मस्तिष्कघातको उपचार भइरहेको थियो । बल्लभको उपचारार्थ अर्थ संकलनमा सक्रिय गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको...

दसैँ बिदामा दिइने सेवाबारे बैंकहरूले आफू अनुकूल निर्णय गर्न सक्ने

२०८१ असोज २३ गते १२:५०

काठमाण्डु, २३ असोज– नेपाली हरुको महान पर्व दसैँ बिदाको समयमा बैंकको शाखा खुला गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बैंकहरु स्वतन्त्र भएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकर्सहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनले यसबारे कुनै निर्णय नगरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us