समाचार

विद्युत प्राधिकरणद्वारा डेडिकेटेड र ट्रंकलाइनको महसुल बुझाउन ४९ उद्योगलाई ताकेता, कुलमानलाई बर्खास्त गर्ने सरकारको तयारी

२०८१ असोज २४ गते ९:०९

काठमाण्डु, २४ असोज- नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बापतको विद्युत महसुल नतिरेका ४९ उद्योगलाई आगामी ८ कात्तिकभित्र बक्यौता रकम बुझाउन भनेको छ । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै त्यस्तो आग्रह गरेको हो । उक्त अवधिभित्र महसुल नबुझाए कानुन बमोजिम असुल उपर गर्ने...

दशैंको सातौं दिनः आज फूलपाती भित्र्याइँदै, के छ फूलपातीको शास्त्रीय महत्व ?

२०८१ असोज २४ गते ४:३३

काठमाण्डु, २४ असोज- बडा दशैंको सातौं दिन आज हिन्दू धर्मावलम्बीहरुको घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार फूलपाती पर्व मनाइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक पूजा गरी दुर्गालाई आह्वान गर्ने चलन छ । घरको पूजाकोठा...

बाढी प्रभावित क्षेत्रमा पाइला टेक्न बेफुर्सद ओली र देउवा मन्त्रीहरुको लस्कर लिएर रेस्टुरेण्ट उद्घाटनमा व्यस्त

२०८१ असोज २३ गते २०:४८

काठमाण्डू, २३ असोज- प्रधानमन्त्री केपी ओली र प्रमुख सत्तारूढ  घटक कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार एक रिसोर्टको उद्घाटन गरे । ओली र पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेसका देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित होलिडे इन रिसोर्टको उद्घाटन गरेका हुन् । उनीहरुले एकैसाथ रिबन काटेर रिसोर्ट उद्घाटन गरे...

पैसा भएर मात्र हुन्न, सदुपयोग गर्न जान्नुपर्छःओली

२०८१ असोज २३ गते २०:२३

काठमाण्डू, २३ असोज- प्रधानमन्त्री केपी ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् । बुधबार काठमाण्डूको बुढानीलकण्ठमा होटल उद्घाटन गर्दै ओलीले पैसाले उद्यमशीलता र नयाँ सोच आउने बताए । नयाँ ठाउँमा लगानी गर्न सके मात्र पैसाको सही सदुपयोग हुने उनको भनाइ थियो । ‘हामीले पैसाको...

लुम्बिनीका प्रदेश प्रमुखले फिर्ता गरे दुई विधेयक

२०८१ असोज २३ गते १८:१६

काठमाण्डु, २३ असोज– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता गरेका छन । प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचार...

सर्वोच्चले पूर्वडीआइजी जोशीको मुद्दा दोस्रो पटक खारेज गर्‍यो

२०८१ असोज २३ गते १८:०७

काठमाण्डु, २३ असोज– सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं गोर्खा मिडियाका एक सञ्चालक छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन दोस्रो पटक खारेज हुने फैसला सुनाएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले गैरकानुनी थुनामा राखेको दाबी गर्दै जोशीका छोरा रोचक जोशीले दर्ता गराएको मुद्दा...

मारवाडी सेवा समिति र महानगरबिचको वार्ता निष्कर्षविहीन

२०८१ असोज २३ गते १७:४८

काठमाण्डु, २३ असोज– मारवाडी सेवा समितिले गौशाला धर्मशाला नछाड्ने अडान लिएको छ । काठमाण्डु महानगरपालिकाले धर्मशाला खाली गर्न भने पनि समितिले आफूहरू मोही भएको जिकिर गर्दै खाली नगर्ने बताएको छ । समितिले औपचारिक पत्र प्राप्त नभए नहट्ने समेत जनाएको छ । आज बुधबार महानगरपालिका...

दशैंका दिन पोखराका ७ रुटमा निस्शुल्क बस सेवा

२०८१ असोज २३ गते १७:३३

काठमाण्डु, २३ असोज– पोखराका विभिन्न ७ रुटमा दशैंका दिन निशुल्क बस सेवा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा पोखराका यातायात व्यवसायी, पोखरा महानगरले यात्रुको बढी चाप हुने विभिन्न ७ रुटमा निशुल्क चलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले...

प्रहरीले महानगरलाई हस्तक्षेप गरेर मारवाडी सेवा समितिलाई संरक्षण गर्‍यो: मेयर बालेन

२०८१ असोज २३ गते १७:१३

काठमाण्डु, २३ असोज– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रहरीले आफूहरूलाई सहयोग नगरेको आरोप लगाएका छन् । नियमअनुसार पशुपति क्षेत्र विकास कोषले महानगरलाई पशुपति धर्मशालाको जिम्मेवारी दिए पनि प्रहरी भने मारवाडी सेवा समितिलाई नै संरक्षण गर्न लागिपरेको मेयर शाहाको दाबी छ । आज बुधबार...

दसैँ बिदामा आयल निगमका डिपोहरू आलोपालो खुल्ने

२०८१ असोज २३ गते १६:२९

काठमाण्डु, २३ असोज– यस बर्षको दसैँ बिदामा नेपाल आयल निगमका डिपोहरू आलोपालो खुल्ने भएका छन । दसैँको समयमा हुने पेट्रोलियम पदार्थको मागलाई सुचारु गर्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालय अन्तर्गत रहेका डिपोहरू आलोपालोमा खोल्न लागिएको नेपाल आयाल निगमले जानकारी दिएको छ । जस अनुसार...

एनआरएनएद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख सहयोग

२०८१ असोज २३ गते १६:१२

काठमाण्डु, २३ असोज– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्घका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा....

गौशालाको धर्मशालामा काठमाण्डु महानगरले राख्यो बोर्ड

२०८१ असोज २३ गते १५:४२

काठमाण्डु, २३ असोज– काठमाण्डु महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरको बोर्ड राखेको छ । मारवाडी सेवा समितिले अवरोध गर्दागर्दै महानगरको टोलीले बल प्रयोग गरेर काठमाण्डु महानगरको बोर्ड राखेको हो । ‘ काठमाण्डु महानगरपालिकाद्धारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us