काठमाण्डु, २३ असोज– मारवाडी सेवा समितिले गौशाला धर्मशाला नछाड्ने अडान लिएको छ । काठमाण्डु महानगरपालिकाले धर्मशाला खाली गर्न भने पनि समितिले आफूहरू मोही भएको जिकिर गर्दै खाली नगर्ने बताएको छ ।
समितिले औपचारिक पत्र प्राप्त नभए नहट्ने समेत जनाएको छ । आज बुधबार महानगरपालिका गौशाला खाली गर्न पुगेसँगै समितिका सदस्यहरू विरोध प्रदर्शन गरेका थिए ।
सो क्रममा दुई पक्षीय वार्ता भएपनि समिति र महानगर आ–आफ्नै अडानमा अडिग भएसँगै कुनै सहमति जुट्न सकेन । पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबिच मंगलबार गौशाला धर्मशाला महानगरले व्यवस्थापन गर्नेसम्बन्धी सहमति भएको थियो ।
यससँगै महानगरपालिकाले व्यवस्थित रूपमा धर्मशाला सञ्चालन गर्ने तयारी गरेको छ ।