समाचार

वर्षमा एक दिन मात्र खुल्ने तलेजु मन्दिर आज खुल्ने

२०८१ असोज २५ गते ६:५७

काठमाण्डू, २५ असोज- हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्दैछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।  तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा...

महानवमी पनि आजै

२०८१ असोज २५ गते ६:२९

काठमाण्डु, २५ असोज-  प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर...

दसैंको आठौं दिनः आज महाअष्टमी

२०८१ असोज २५ गते ६:२५

काठमाण्डू, २५ असोज- बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।...

सरकारमा भएकैबेला एमालेले कीर्तिपुरमा केन्द्रीय कार्यालय बनाउने, शुक्रबार ओलीले शिलान्यास गर्ने

२०८१ असोज २४ गते १९:४५

काठमाण्डू, २४ असोज- सरकार नेतृत्वकर्ता एमालेले पार्टी केन्द्रीय कार्यालय काठमाण्डूको कीर्तिपुरमा बनाउने भएको छ । एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुर नगरपालिका-२ मा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार कार्यालय भवनको शिलान्यास प्रधानमन्त्री केपी ओलीले...

हनुमानढोका दरबारमा फूलपाती भित्र्याइयो

२०८१ असोज २४ गते १९:२६

काठमाण्डू, २४ असोज- दुर्गा पक्षअन्तर्गत बडा दशैंको सातौं दिन आज हिन्दू धर्मावलम्बीहरुको घरघरमा शुभसाइतको प्रतीक शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार फूलपाती पर्व मनाइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक पूजा गरी...

पुण्य गौतममाथि रड प्रहार गर्ने दुई पक्राउ

२०८१ असोज २४ गते १५:१४

काठमाण्डू, २४ असोज- पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले काभ्रे तेमाल घर भई भक्तपुर च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भन्ने संजिव तामाङ र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४१ वर्षीय...

भारतले नेपाललाई दियो १० बेलिब्रिज पुल र २५ टन राहत सामग्री

२०८१ असोज २४ गते १५:०३

काठमाण्डू, २४ असोज- बाढीपहिरोले अवरूद्ध सडक सुचारु गराउन भारतले नेपाललाई १० वटा बेलिब्रिज दिएको छ । बाटपहिरोबाट अवरूद्ध सडक सञ्जाल सन्चालनमा ल्याउन  ३८ करोड रुपैयाँ मुल्‍य बराबरका बेलिब्रिज पुलका सामग्री दिएको भारतीय दूतावासले जनाएको छ । वीरगञ्‍जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले...

दसैंका लागि ८ लाखले छोडे काठमाण्डू

२०८१ असोज २४ गते १४:५५

काठमाण्डू, २४ असोज- घटनास्थापनदेखि (फूलपाति) बिहीबार बिहान ६ बजेसम्म ८ लाखभन्दा बढी यात्रु काठमाण्डूबाट बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्‍यक्ष विजय स्वारले अहिलेसम्म ८ लाख यात्रु दसैँ मान्न काठमाण्डू उपत्यकाबाट बाहिरिएको बताए । महासङ्घका अध्यक्षका अनुसा यसवर्ष १० लाखको हाराहारीमा यात्रु...

जब एक यात्रुले इमर्जेन्सी ढोका खोलेर बुद्ध एयरको जहाजबाट हामफाल्न खोजे…

२०८१ असोज २४ गते १३:०६

काठमाण्डू, २४ असोज- काठमाण्डूबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा सवार एक यात्रुले इमर्जेन्सी ढोका खोल्ने प्रयास गरेका छन् । काठमाण्डूबाट बिहीबार बिहान साढे ५ बजे उडेको उडान नम्बर ५०५ को बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा कम भिजिबिलीटीका कारण अवतरण हुन सकेन । जहाजलाई...

राँगाले हानेर शिक्षकको मृत्यु

२०८१ असोज २४ गते ११:५०

पोखरा, २४ असोज- पोखरामा राँगोले हानेर एक शिक्षकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-३३ स्थित जनचेतना माविका शिक्षकसमेत रहेका आचार्यको राँगाले हानेर मृत्यु भएको हो । आफ्नै फार्ममा रहेका राँगा/भैंसी चराउन गएका बेला राँगाले हानेर आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार राँगाले...

बाढीपहिरोबाट घरबारविहीन नेपालीलाई दुर्गा भवानीले आत्मविश्वास प्रदान गरुनःदेउवा

२०८१ असोज २४ गते ११:३५

काठमाण्डू, २४ असोज- कांग्रेसका सभापति  शेरबहादुर देउवाले सभापति देउवाले बडादसैंको पुनित अवसरमा कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गरेका छन्। बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले बडादसैंले समुदाय, संस्था, परिवार र व्यक्ति-व्यक्तिबीचको...

२८ वर्षीया महिलाको हत्या

२०८१ असोज २४ गते ११:१३

गोरखा, २४ असोज- गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले २८ वर्षीया रश्मी कुमालको बुधबार राति  १२ बजेतिर अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जनाएको छ । घर नजिकै दसैंको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रमबाट फर्किएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us