समाचार

मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछुःराष्ट्रपति

२०८१ असोज २६ गते ७:३९

काठमाण्डु, २६ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख...

विजया दशमीको शुभकामना दिँदै प्रचण्डले भनेः देशमा सरकार भएको अनुभूति गराइयोस्

२०८१ असोज २६ गते ७:११

काठमाण्डू, २६ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं पर्व सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा स्थापित भएको बताएका छन् । विजया दशमीको अवसरमा शनिबार शुभकामना दिँदै उनले देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार...

यसपटकको दसैं उल्लासमय हुन सकेन, जनताजस्तै मेरो पनि मन रमाउन सकेको छैनः ओली

२०८१ असोज २६ गते ६:५४

काठमाण्डू, २६ असोज- प्रधानमन्त्री केपी ओलीले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सदभाव साथ विजया दशमी मनाउन आग्रह गरेका छन् । विजया दशमीका अवसरमा शनिबार भिडियो सन्देशमार्फत ओलीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । ओलीले विपद्को घडीमा यसपालीको...

दशैंको टीकाको उत्तम साइतः कुन देशका लागि कति बजे ?

२०८१ असोज २६ गते ६:३८

काठमाण्डू, २६ असोज- आज आश्विन शुक्ल दशमी अर्थात् बडा दशैंको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गा देवीको प्रसादको रुपमा हर्षोल्लासका साथ टीका र जमरा लगाइँदै छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक...

आज विजया दशमी, टीका कतिबेला लगाउने ?

२०८१ असोज २६ गते ६:१३

काठमाण्डू, २६ असोज- आज आश्विन शुक्ल दशमी अर्थात् बडा दशैंको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गा देवीको प्रसादको रुपमा हर्षोल्लासका साथ टीका र जमरा लगाइँदै छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक...

राष्ट्रपतिद्वारा विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना

२०८१ असोज २५ गते १९:४८

काठमाण्डू, २५ असोज-  राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैं २०८१ का अवसरमा आज काठमाण्डु उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । उनीसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेकी हुन् ।  उक्त अवसरमा...

भाटभटेनी सन्चालक मीनबहादुर गुरूङ र एमालेबीच के सम्बन्छ छ ? कुन स्वार्थले दिए करोडौंको जग्गा ?

२०८१ असोज २५ गते १७:१९

काठमाण्डू, २५ असोज-  व्यवसायी मीनबहादुर गुरूङले केन्द्रीय कार्यालय निर्माणका लागि सरकार नेतृत्वकर्ता एमालेलाई करिब ११ रोपनी जग्गा दिएका छन् । गुरूङले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा करोडौं मूल्य पर्ने १० रोपनी १४ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । सोही जग्गामा शुक्रबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री...

चक्रपथमा सशस्त्र प्रहरीले चलायो निःशुल्क बस

२०८१ असोज २५ गते १५:३४

काठमाण्डू, २५ असोज-  सशस्त्र प्रहरीले दशैंको अवसर पारेर शुक्रबारदेखि निःशुल्क बस सञ्चालन गरेको छ । शुक्रबार (आज) र टीकाको दिन भोलि (शनिबार) चक्रपथमा निःशुल्क बस सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डिआईजी कुमार न्यौपानेले जानकारी दिए । पहिलो रूटअन्तर्गत सशस्त्र मुख्यालयबाट कलंकी, सातदोबाटो,...

१३ लाख मानिसले छाडे उपत्यका

२०८१ असोज २५ गते १५:१५

काठमाण्डू, २५ असोज-  दसैं पर्व मनाउन पछिल्लो एक सातामा काठमाण्डू उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । ट्राफिक प्रहरी र यातायात व्यवसायीले उक्त संख्यामा सर्वसाधारण उपत्यकाबाट हाहिरिएको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय संघ अध्यक्ष विजय स्वारले शुक्रबार साँझसम्म यो संख्या बढ्न सक्ने बताए...

केपी ओली र उनकी पत्नी राधिकाले गरे एमाले कार्यालयको वैदिक विधिपूर्वक शिलान्यास

२०८१ असोज २५ गते १४:२०

काठमाण्डू, २५ असोज-  सरकार नेतृत्वकर्ता एमालेले पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र उनकी पत्नी राधिका शाक्यले संयुक्त रुपमा शुक्रबार काठमाण्डूको कीर्तिपुरमा कार्यालयको वैदिक विधिपूर्वक शिलान्यास गरे । एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुर नगरपालिका-२ मा नयाँ केन्द्रीय कार्यालय...

माधव नेपाल पत्नी गायत्री दूधमा चिप्लिएर लडिन्

२०८१ असोज २५ गते १४:०८

काठमाण्डू, २५ असोज- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल आचार्य घरमै लडेर घाइते भएकी छन् । भान्छामा  काम गरिरहेका बेला पोखिएको दूधमा चिप्लिएर लड्दा उनको देब्रे हात भाँचिएको छ । अध्यक्ष नेपाल आफैंले उनलाई अस्पताल लगेका थिए । गायत्रीको...

काठमाण्डुको कुन-कुन रुटमा टीकाको दिन र भोलिपल्ट प्रहरीले चलाउँदैछ निःशुल्क बस ?

२०८१ असोज २५ गते १३:४४

काठमाण्डू, २५ असोज- दसैंको टीकाको दिन शनिबार भोलिपल्ट आइतबार नेपाल प्रहरीले दुई रुटमा निःशुल्क बस चलाउने भएको छ । बिहान ८ः३० र अपराह्न ४ बजे दुई सिफ्टमा दुईवटा रुटमा बस चलाउन लागेको नेपाल प्रहरीले जानकारी दिएको छ । पहिलो रुटको गाडी बालुवाटार, टिचिङ, चक्रपथ,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us