काठमाण्डुको कुन-कुन रुटमा टीकाको दिन र भोलिपल्ट प्रहरीले चलाउँदैछ निःशुल्क बस ?

काठमाण्डु टुडे २०८१ असोज २५ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, २५ असोज- दसैंको टीकाको दिन शनिबार भोलिपल्ट आइतबार नेपाल प्रहरीले दुई रुटमा निःशुल्क बस चलाउने भएको छ ।

बिहान ८ः३० र अपराह्न ४ बजे दुई सिफ्टमा दुईवटा रुटमा बस चलाउन लागेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

पहिलो रुटको गाडी बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै नक्साल पुग्नेछ ।

दोस्रो रुटको बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक पुगेर सोही रुट हुँदै चावहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्ने प्रहरी प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us