भाटभटेनी सन्चालक मीनबहादुर गुरूङ र एमालेबीच के सम्बन्छ छ ? कुन स्वार्थले दिए करोडौंको जग्गा ?

काठमाण्डु टुडे २०८१ असोज २५ गते १७:१९ मा प्रकाशित

काठमाण्डू, २५ असोज-  व्यवसायी मीनबहादुर गुरूङले केन्द्रीय कार्यालय निर्माणका लागि सरकार नेतृत्वकर्ता एमालेलाई करिब ११ रोपनी जग्गा दिएका छन् ।

गुरूङले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा करोडौं मूल्य पर्ने १० रोपनी १४ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

सोही जग्गामा शुक्रबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यले वैदिक विधिपूर्वक पार्टी कार्यालय भवनको शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा जग्गादाता भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ पनि सहभागी भएको तस्बिरमा देखिन्छ ।

एमाले महासचिव शंकर पोखरेलले मीनबहादुर गुरूङ र पत्नी सावित्री गुरूङले पार्टी कार्यालयका लागि जग्गा दान गरेको बताए ।

गुरूङले आफू एमालेमै आस्थावान रहेको र पार्टीलाई कार्यालय बनाउन जमिन दिन पाउंदा गर्व लागेको काठमाण्डुटुडेलाई बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us