दशैंको टीकाको उत्तम साइतः कुन देशका लागि कति बजे ?

काठमाण्डु टुडे २०८१ असोज २६ गते ६:३८ मा प्रकाशित

काठमाण्डू, २६ असोज- आज आश्विन शुक्ल दशमी अर्थात् बडा दशैंको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गा देवीको प्रसादको रुपमा हर्षोल्लासका साथ टीका र जमरा लगाइँदै छ ।

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा एवम् मान्यजनबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउँने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको  टीकाको साइत सार्वजनिक गरेको छ ।

समितिले  काोठमाण्डुका लागि आज बिहान ११:३६ बजेको शभुसाइत रहेको जनाएको छ ।

यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२ बजे, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१ बजे, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:३९ बजे, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९:४५ बजे, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०५ बजे, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९:५५ बजे, क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ।

यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताए।

टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११:३५ बजे, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२१ बजे, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२७ बजे, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:१५ बजे, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११:२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा. माधव भट्टराईले जानकारी दिए।

लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०:२४ बजे, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०:२१ बजे, पेरिस, फ्रान्सका लागि १२ बजे अक्टोबर बिहान १०:२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०:१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११:५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११:४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११:०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११:२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९:१५, तेल अभिभ इसराइलका लागि १२ अक्टोबर बिहान ०९:१६ बजे, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११:४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११:४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११:२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११:२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११:५५ र माल्टामा १२ अक्टोबर बिहान १०:४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले  बताए।

वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us