समाचार

गुडिरहेको बसमा ढुंगा खसेर बालिकाको मृत्यु

२०८१ असोज २७ गते ११:४३

मकवानपुर, २७ असोज- गुडिरहेको यात्रु बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ । त्रिभुवन राजपथअन्तर्गत हेटौडा–भैंसे सडक खण्डको भुलभुलेमा माथिबाट खसेको ढुङ्गा लागेर बसमा यात्रारत मकवानपुरगढी गाउँपालिकापा–८ की १२ वर्षीया रिकु थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । त्रिभुवन राजपथ हुँदै...

प्रहरीले खुलायो अवरुद्ध अरनिको राजमार्ग, अलपत्र यात्रु गन्तव्यमा हिंडे

२०८१ असोज २७ गते ११:३५

काभ्रे, २७ असोज- सुख्खा पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सन्चालनमा आएको छ । पहिरो पन्छाएर अवरुद्ध सडक एकतर्फी सन्चलनमा ल्याइएको काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् । काभ्रेको पाँचखाल नगरपालिका–८, पचासकिलोमा शनिबार राति सुख्खा पहिरो खलेर राजमार्ग अवरुद्ध भएको थियो ।...

विश्वका ३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक

२०८१ असोज २७ गते ९:१९

काठमाण्डु, २७ असोज- यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।...

सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध, सयौं यात्रुको बिचल्ली

२०८१ असोज २७ गते ९:०९

काभ्रे, २७ असोज- काभ्रेको पाँचखाल नगरपालिका–८ मा गएराति सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताइन् । मान्यजनको हातबाट टीका लगाउन जाँदै र गएर फर्कँदै गरेका यात्रु सडक अवरुद्ध...

आज पनि टीका जमरा लगाउने क्रम जारी

२०८१ असोज २७ गते ९:००

काठमाण्डू, २७ असोज- आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ । विजयादशमीका दिन शनिबारबाट सुरु भएको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ । गाउँ शहरमा  टाढा रहेका मान्यजनको हातबाट टीका जमरा लगाउन...

दशैंको दुई दिनमा ६३ हजारले गरे हवाई यात्रा

२०८१ असोज २७ गते ८:०१

काठमाण्डू, २७ असोज- बडादसैंको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय...

सौराहा घुम्न आएका पर्यटकले टीका र जमरा लगाएर मनाए दशैं

२०८१ असोज २६ गते १९:१३

चितवन, २६ असोज- चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दशैं मनाएका छन् । नेपालीहरुको महान चाड बडादशैंमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दशैं मनाएका हुन् । सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य...

प्रहरी चौकी इन्चार्जले किशोरी बेपत्ता बनाए

२०८१ असोज २६ गते १९:०४

बैतडी, २६ असोज- बैतडीमा युवती बेपत्ता पारेको आरोपमा प्रहरी चौकी इन्चार्ज पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको हो । बैतडीका प्रमुख डीएसपी मकेन्द्र मिश्रले प्रहरी...

नेपालबाट पूर्ण रुपमा बाहिरियो मनसुन

२०८१ असोज २६ गते १८:५९

काठमाण्डू, २६ असोज- नेपालमा यस वर्षको मनसुन शनिबारदेखि पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० देखि बाहिरिन सुरू गरेको मनसुन शनिबारबाट पूर्ण रूपमा बहिर्गमन भएको हो । शनिबार अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती,...

पूर्वराजा ज्ञानेन्द्नले दशैंको टीका लगाई माग्नेलाई खुट्टा ढोगाए

२०८१ असोज २६ गते १८:५४

काठमाण्डू, २६ असोज- पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार सर्वसाधारण र शुभेच्छुकलाई दशैंको टीका लगाएका छन् । उनले निर्मल निवासमा शुभेच्छुक र सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका हुन् । दिउँसो ४ बजेपछि पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवास जानेलाई टीका र जमरा लगाइदिएका थिए । पूर्वराजाको...

प्रधानमन्त्री ओलीसहित हजारौं सर्वसाधारणले लगाए राष्ट्रपतिबाट टीका

२०८१ असोज २६ गते १८:२९

काठमाण्डू, २६ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा शनिबार सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, मन्त्री, सांसद, संवैधानिक अंगका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा दिइसकेपछि इच्छुक सर्वसाधारणलाई...

जमेको पानीमा टेक्दा करेन्ट लागेर दुई बालिकाको मृत्यु

२०८१ असोज २६ गते १८:२४

मकवानपुर, २६ असोज- करेन्ट लागेर शनिबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ । चिसापानी पश्चिम-दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us