प्रहरी चौकी इन्चार्जले किशोरी बेपत्ता बनाए

काठमाण्डु टुडे २०८१ असोज २६ गते १९:०४ मा प्रकाशित

बैतडी, २६ असोज- बैतडीमा युवती बेपत्ता पारेको आरोपमा प्रहरी चौकी इन्चार्ज पक्राउ परेका छन् ।

पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको हो ।

बैतडीका प्रमुख डीएसपी मकेन्द्र मिश्रले प्रहरी हवल्दार जोशीलाई शुक्रबार स्थानीयले महाकाली पारी भारततर्फबाट नियन्त्रणमा लिएर जोशीलाई बुझाएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us