समाचार

चितवनमा टीका लगाउन आउनेलाई दही र महीको स्वागत

२०८१ असोज २७ गते १६:२३

चितवन, २७ असोज- निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो ।  कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे । उनले...

कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

२०८१ असोज २७ गते १६:१०

काठमाण्डू, २७ असोज- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोम प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको आयोजनामा हुने विश्व खाद्य मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।...

शव गाड्ने क्रममा कुकुर भुकेपछि पत्ता लागे १४ वर्षीया किशोरीको हत्यारा

२०८१ असोज २७ गते १५:५३

डडेल्धुरा, २७ असोज- डडेल्धुरामा किशोरी हत्या आरोपमा पक्राउ परेका व्यापारीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीमाथि अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्याको आरोप छ । भण्डारीले आरतीको आफूले...

लमजुङमा जिप दुर्घटना, २२ जना घाइते

२०८१ असोज २७ गते १५:३७

लमजुङ, २७ असोज- लमजुङमा जिप दुर्घटना हुंदा २२ जना घाइते भएका छन् । सारिङबाट सदरमुकाम बेशीसहर जाँदै गरेको ग१ज८५५१ नम्बरको जिप मकैडाँडा मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते पाँच जनालाई चितवनको भरतपुर...

मौसम विभागले मनसुन बाहिरिएको बताएपछि पनि वर्षात

२०८१ असोज २७ गते १३:२९

काठमाण्डु, २७ असोज- कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल महाशाखाले जनाएको छ । नेपालको मौसम प्रणालीमा स्थानीय वायुको पनि...

११ जुवाडे पक्राउ, मुद्धा लगाउने तयारी

२०८१ असोज २७ गते १३:२०

दाङ, २७ असोज- दाङको दंगीशरण गाँउपालिका-३ रावत गाँउबाट ११ जुवाडे पक्राउ परेका छन् । शनिबार राति साढे दश बजेतिर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एक लाख ६ हजार ६ सय ५० नगद बरामद भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका...

भारतीय सीमावर्ती बजारमा कर्णालीको स्याउ

२०८१ असोज २७ गते १२:५६

सुर्खेत, २७ असोज- कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दशैंमा राम्रो बजार पाएको छ । यहाँ जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण...

झापामा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु

२०८१ असोज २७ गते १२:५०

झापा, २७ असोज- झापामा मोटरसाइकल दुर्घटनामा  दुईजनाको मृत्यु भएको छ । केर्खाबाट दमकतर्फ जाँदै गरेको को२७ प३५१३ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-४ अमलडाँगीमा गएराति १२ बजे अनियन्त्रित भई आफैं पल्टिएर दुर्घटना भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल...

दुर्गा मेलाबाट अटोमेटिक अमेरिकन पेस्तोलसहित एक पक्राउ

२०८१ असोज २७ गते १२:४२

रौतहट, २७ असोज- रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका-६ कर्कचका ५६ वर्षीय भोला राय यादव रहेको प्रहरीले जनाएको छ । उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले जानकारी...

हेटौंडा-काठमाण्डू यात्रा गर्दा भैंसेको बाटो नहिंड्न प्रहरीको अपिल

२०८१ असोज २७ गते १२:१२

काठमाण्डू, २७ असोज- प्रहरीले भैंसेमा पहिरो खसेकाले काठमाण्डूबाट आउने हेटौंडा जाने र आउने यात्रुलाई सो सडक भएर यात्रा नगर्न आग्रह गरेको छ । इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक पहिरोका कारण अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडा-काठमाण्डू यात्रा गर्दा त्रिभुवनराजपथ वा...

कोहलपुरमा टाउकोबिनाको शव भेटियो, सिसीटिभी फुटेजमा देखिए टाउको बोकेर हिंड्ने व्यक्ति

२०८१ असोज २७ गते ११:५६

बाँके, २७ असोज- बाँकेको कोहलपुरमा एक युवकको टाउको बिनाको शव भेटिएको छ । कोहलपुर नगरपालिका–८ बंगलाटोलको भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।  आइतबार...

गुडिरहेको बसमा ढुंगा खसेर बालिकाको मृत्यु

२०८१ असोज २७ गते ११:४३

मकवानपुर, २७ असोज- गुडिरहेको यात्रु बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ । त्रिभुवन राजपथअन्तर्गत हेटौडा–भैंसे सडक खण्डको भुलभुलेमा माथिबाट खसेको ढुङ्गा लागेर बसमा यात्रारत मकवानपुरगढी गाउँपालिकापा–८ की १२ वर्षीया रिकु थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । त्रिभुवन राजपथ हुँदै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us