कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

काठमाण्डु टुडे २०८१ असोज २७ गते १६:१० मा प्रकाशित

काठमाण्डू, २७ असोज- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको आयोजनामा हुने विश्व खाद्य मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

सोमबारदेखि सुरू हुने बैठक १८ अक्टोबरसम्म सञ्चालन हुने जनाइएको छ ।  

नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गर्ने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us