तनहुँ, २८ असोज- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोको ठक्करबाट प्रहरी हवलदारको मृत्यु भएको छ । सोमबार बिहान माइक्रोले ठक्कर दिँदा गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए...
ताप्लेजुङ, २८ असोज- सडक अवरुद्ध भएपछि सुनसानजस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि हुँदै गएको हो । ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात...
चितवन, २८ असोज- भाटभटेनी सुपर मार्केटका सन्चालक व्यवसायी मीनबहादुर गुरूङबाट पार्टी कार्यालय भवन बनाउन जग्गा लिने र उनैले कार्यालय बनाइदिने कदम गलत भएको भन्दै एमालेमा विरोध सुरु भएको छ । एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय बनाइदिने ...
चितवन, २८ असोज- मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो । नवमी, महादशमी र एकादशीका दिन बन्द रहेको केबलकार द्वादशीका दिन सोमबार भने सन्चालनमा...
रामेछाप, २८ असोज– दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका९३ भीरपानीमा निः शुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । चालक तथा सहचालकहरुले विश्राम गर्दा सम्भावित दुर्घटना न्यूनीकरण हुने र यात्रुहरुलाई पनि सुविधा हुने भनेर प्रहरी र खाँडादेवी गाउँपालिका–६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन्...
काठमाण्डु, २८ असोज– दशैं मनाउन घर गएकाहरु काठमाण्डु फर्कन थालेका छन् । काठमाडौं उपत्यका भित्रिने सवारी साधन र यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको ट्राफिक प्रहरीले जनाएको छ । दशैँ मनाउन घर गएका यात्रु दशैँको टीका लगाएर उपत्यका भित्रन थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको...
कपिलवस्तु, २८ असोज– कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौको काठ लोड गरिएको ट्याक्टरसहित एक जना पक्राउ परेका छन् । लु३त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरखलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी...
बर्दिया, २८ असोज- बर्दिया सदरमुकाम गुलरिया नगरपालिका-८ स्थित नेपाल भारत सिमानामा गोली चलेको छ । आइतबार साँझ ८ बजेतिर गोली प्रहार हुँदा एक जना घाइते भएका छन् । खेतमा काम गरि रहेका व्यक्तिलाई अज्ञात समूहले गोली हानेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालले...
काठमाण्डू, २८ असोज- पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक...
चितवन, २७ असोज- चितवनमा एक वृद्धाको हत्या भएको छ । माडी नगरपालिका-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या भएको चितवन प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले मृतकका ज्वाइँ नाता पर्ने माडी-७ कै ६२ वर्षीय टीकाराम रानाभाट छन् । रानाभाट पक्राउ परेका छन् ।...
म्याग्दी, २७ असोज- धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकूल मौसम र भूगोलका कारण...
तनहुँ, २७ असोज- तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ । विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका...