काठमाण्डु, २९ भदौ– पाल्पामा चितुवा मृत फेला परेको छ । तानसेन नगरपालिका–१२ स्थित चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार पुच्छर नभएको अवस्थामा ४३ इन्च लम्बाइ र २७ इन्च उचाइको चितुवा मृत फेला परेको...
काठमाण्डु, २९ भदौ– इजरायलले संयुक्त राष्ट्रसंघको नेतृत्वमा लेबनानमा तैनाथ शान्ति सैनिकमाथि हमला गरेकामा नेपालले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले उक्त आक्रमणको निन्दा गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको हो । यस्तै लेबनानमा तैनाथ शासन्त सैनिकको सुरक्षाको ग्यारेण्टी गर्न पनि परराष्ट्रले माग गरेको...
चितवन, २९ असोज– चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ वटा गैँडा मृत भेटिएका छन् । साउन महिनायता ६ वटा गैँडा मृत भेटिएका हुन् । एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार...
काठमाण्डु, २९ असोज– मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको पहिलो दिन हिजो झापाबाट १० जनाको उद्धार भएको छ । विभिन्न ठाउँबाट नौ जना पुरुष र एक जना महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका...
चितवन, २९ असोज– मनकामना केबलकार आजदेखि तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि मंगलबार, बुधबा र बिहीबार तीन दिन केबलकार बन्द गर्न लागिएको हो । नवमी, महादशमी र एकादशीका दिन बन्द रहेको केबलकार द्वादशीका दिन सोमबार भने सञ्चालन गरिएको छ ।...
काठमाण्डु, २९ असोज– आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ । विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म मान्यजन टाढा रहेकाहरुले टीका प्रसाद ग्रहण गर्दछन् । बिहानैदेखि काठमाण्डु उपत्यकासहित देशभरका प्रमुख सहर गाउँगाउँमा निधारमा रातो टीका र जमरा...
काठमाण्डु, २९ असोज– दशैं बिदा आजबाट सकिएको छ । दशैंका बेला बन्द भएका सरकारी कार्यालय आजदेखि खुल्ने भएका छन् । फूलपातीदेखि सोमबारसम्म ५ दिन सरकारी कर्मचारीलाई सार्वजनिक बिदा दिइएको थियो । दशैंमा घर गएकाहरु क्रमशः कार्यक्षेत्र फर्कन थालेका छन् । केही दिन सुनसान प्रायः...
खोटाङ, २९ असोज- खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति राति १० बजेर ३२ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । खोटाङ कुविन्डे आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।...
मुस्ताङ, २९ असोज- यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ...
काठमाण्डु, २९ असोज- देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । गत...
सल्यान, २८ असोज- सल्यानमा कर्तव्य ज्यान मुद्यामा फरार प्रतिवादीलाई ३५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी दार्मा गाउँपालिका- ५ का ७० वर्षीय गणेशबहादुर चन्द पक्राउ परेको सल्यान प्रहरीले जनाएको छ । सल्यान प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार जिल्ला अदालत...
ताप्लेजुङ, २८ असोज- ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् । बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । यही असोज...