चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए

काठमाण्डु टुडे २०८१ असोज २९ गते ८:३२ मा प्रकाशित

चितवन, २९ असोज– चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ वटा गैँडा मृत भेटिएका छन् ।

साउन महिनायता ६ वटा गैँडा मृत भेटिएका हुन् ।

एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैँडा मरेका थिए ।

जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उनले बताए ।

पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ वटा गैँडा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us