पौडी खेल्दा बेपत्ता बालिका मृत फेला, बालक बेपत्ता

काठमाण्डु टुडे २०८१ असोज २८ गते २३:०७ मा प्रकाशित

ताप्लेजुङ, २८ असोज- ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् ।

बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

यही असोज १८ गते पौडी खेल्ने क्रममा शेर्पासँगै स्थानीय ११ वर्षीय सन्देश बराइली पनि बेपत्ता भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us