सल्यान, २८ असोज- सल्यानमा कर्तव्य ज्यान मुद्यामा फरार प्रतिवादीलाई ३५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
फरार प्रतिवादी दार्मा गाउँपालिका- ५ का ७० वर्षीय गणेशबहादुर चन्द पक्राउ परेको सल्यान प्रहरीले जनाएको छ ।
सल्यान प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार जिल्ला अदालत सल्यानले चन्दलाई ०४६ पुस २३ गते कर्तव्य ज्यान मुद्यामा दोषी ठहर गरेको थियो ।
फरार रहेका चन्दलाई घरबाटै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
फरार अभियुक्त चन्द दशैं मनाउन घर आएको सूचनाका आधारमा सोमबार बिहान घरबाटै पक्राउ गरिएको खत्रीले बताए ।