आजदेखि तीन दिन मनकामना केबलकार बन्द

काठमाण्डु टुडे २०८१ असोज २९ गते ८:२३ मा प्रकाशित

चितवन, २९ असोज– मनकामना केबलकार आजदेखि तीन दिन बन्द हुने भएको छ ।

मर्मत सम्भारका लागि मंगलबार, बुधबा र बिहीबार तीन दिन केबलकार बन्द गर्न लागिएको हो ।

नवमी, महादशमी र एकादशीका दिन बन्द रहेको केबलकार द्वादशीका दिन सोमबार भने सञ्चालन गरिएको छ ।

दशैंको टीका लगाउन गएकाहरुलाई आवत जावत गर्न सहज होस् भनेर सोमबार एक दिनका लागि खुलाइएको गर्न केबकार सन्चालक संस्था मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।

मनकामना केबलकारको सेवा हालै मात्र डिजिटलाइज्ड गरिएको छ ।

कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रा।लि।ले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us