सिरहा, २९ असोज- आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सन्चालक मीनबहादुर गुरुङसँग पार्टी कार्यालय निर्माणका लागि जग्गा माग गरेका छन् । दसैं, तिहार र छठ पर्वका अवसरमा मंगलबार सिरहाको गोलबजारमा सो पार्टीको सिरहा जिल्ला कमिटीद्वारा...
काठमाण्डु, २९ असोज– नेपाली सेनाले लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाएको छ । सैनिक प्रवक्ता गौरव केसीले सबै नेपाली सैनिक सुरक्षित रहेको बताए । उनीहरु सबै परिवार र सेनाको सम्पर्कमा रहेको पनि उनले स्पष्ट गरे । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा...
काठमाण्डु, २९ असोज– राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिका संघका (आइपीयू) का अध्यक्ष डा. तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा भएको भेटमा नेपालको संघीय संसद् र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदानप्रदान, लोकतन्त्रका लागि संसदीय...
दाङ, २९ असोज– एमाले महासचिव शंकर पोखरेलले नेपालमा दुई दलीय व्यवस्थाले मात्र राजनीतिक स्थिरता दिन सक्ने दाबी गरेका छन् । गृह जिल्ला दाङको तुलसीपुरमा आयोजित अगुवा कार्यकर्तालाई भेलालाई मंगलबार सम्बोधन गर्दै उनले धेरै दल अस्तित्वमा रहेका कारण मुलुकमा राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको तर्क...
काठमाण्डु, २९ असोज– गृहमन्त्री रमेश लेखकले बेलाबेलामा सुरक्षा निकायले गर्ने कमजोरीका कारण मन्त्री र प्रधानमन्त्रीले गाली खानुपर्ने अवस्था रहेको बताएका छन् । ६९औँ प्रहरी दिवसका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा मन्त्री लेखकले कमजोरी नहुने गरी काम गर्नतर्फ सचेत हुन प्रहरी नेतृत्वलाई...
धरान, २९ असोज–धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले प्रमुख हर्क साम्पाङले आफूलाई बाइपास गरी वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएकामा आपत्ति जनाएका छन् । उनले मेयरले विगतदेखि नै विधि, प्रक्रिया र नियम कानूनको उल्लंघन गरेको र यसपटक पनि त्यसैको निरन्तरता स्वरुप वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएको भन्दै पत्रकार...
काठमाण्डु, २९ असोज– नेकपा माओवादी कन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच कपिलवस्तुमा भेटवार्ता भएको छ । शिवराज नगरपालिका–९ शिवगढीस्थित विप्लव निवासमा दुई नेताबीच मंगलबार भेटवार्ता भएको हो । विप्लवका सहयोगी एवं सो पार्टीका कपिलवस्तु सचिव विनोद केसीले दुई नेताबीच मुलुकको पछिल्लो राजनीतिक...
झापा, २९ असोज– झापामा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका–३ दार्जिलिङडाँडा जुङ्गेघारीका ४६ वर्षीय वीरबहादुर चौहानले श्रीमती ३७ वर्षीया मुनाको हत्या गरेका हुन् । सोमबार वीरबहदुरले धारिलो हतियार प्रयोग गरी मुनाको हत्या गरेको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी...
दाङ, २९ असोज- दाङमा आँफैंले पेटमा चक्कु प्रहार गरी एक युवकले आत्महत्या गरेका छन् । भक्तपुरको नगरकोट नगरपालिका–१४ का २८ वर्षीय अनिल तामाङले मंगलबार बिहान आफ्नै पेटमा छुरा प्रहार गरेका थिए । छुरा प्रहार गरी गम्भीर घाइते भएका उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका...
धरान, २९ असोज- धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुखलाई नदिई वडा अध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् । उनले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक तोकेका हुन् । साम्पाङ बिहीबार बेलायत जान लागेका छन् । सामान्यतय मेयरले उपमेयरलाई कार्यबाहक दिने...
काठमाण्डु, २९ असोज- लेबनानमा शान्ति सेनाको क्याम्पमाथि इसरायली सेनाले गरेको आक्रमणप्रति नेपालसहित ३४ राष्ट्रले निन्दा गरेका छन् । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनान (युएनआईएफआइएल) का शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेको हो । । त्यसमा नेपालसहित ३४ राष्ट्रले...
काठमाण्डु, २९ भदौ– पाल्पामा चितुवा मृत फेला परेको छ । तानसेन नगरपालिका–१२ स्थित चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार पुच्छर नभएको अवस्थामा ४३ इन्च लम्बाइ र २७ इन्च उचाइको चितुवा मृत फेला परेको...