धरान, २९ असोज- धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुखलाई नदिई वडा अध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् ।
उनले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक तोकेका हुन् ।
साम्पाङ बिहीबार बेलायत जान लागेका छन् । सामान्यतय मेयरले उपमेयरलाई कार्यबाहक दिने प्रचलन् छ । धरानको उपम्यरमी अइन्द्रविक्रम बेघा छन् । उनीहरुबीच सम्बन्ध राम्रो छैन ।
साम्पाङले वडाअध्यक्ष फागुलाई असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्ने गरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र लेखेर दिएका छन् ।