मनकामना केबलकार तीन दिन बन्द हुने

काठमाण्डु टुडे २०८१ असोज २८ गते ११:३६ मा प्रकाशित

चितवन, २८ असोज- मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिन बन्द हुने भएको छ ।

मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो ।

नवमी, महादशमी र एकादशीका दिन बन्द रहेको केबलकार द्वादशीका दिन सोमबार भने सन्चालनमा छ ।

दशैंको टीका लगाउन गएकाहरुलाई आवत जावत गर्न सहज होस् भनेर सोमबार एक दिनका लागि खुलाइएको गर्न केबकार सन्चालक संस्था मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

मनकामना केबलकारको सेवा हालै मात्र डिजिटलाइज्ड गरिएको छ ।

कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us