प्रहरीले खुलायो अवरुद्ध अरनिको राजमार्ग, अलपत्र यात्रु गन्तव्यमा हिंडे

काठमाण्डु टुडे २०८१ असोज २७ गते ११:३५ मा प्रकाशित

काभ्रे, २७ असोज- सुख्खा पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सन्चालनमा आएको छ ।

पहिरो पन्छाएर अवरुद्ध सडक एकतर्फी सन्चलनमा ल्याइएको काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।

काभ्रेको पाँचखाल नगरपालिका–८, पचासकिलोमा शनिबार राति सुख्खा पहिरो खलेर राजमार्ग अवरुद्ध भएको थियो ।

सम्बन्धित स्थानीय तह र सडक विभागसँगको समन्वयमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग एकतर्फी खुलाइएको प्रहरीको भनाइ छ ।

पहिरोले बाटो छेकेपछि दशैंको टीका लगाउन काठमाण्डुबाट हिंडेका र फर्कंदै गरेका यात्रु बीचैमा अलपत्र परेका थिए ।

राजमार्ग सुचारु भएपछि यात्रुहरु गन्तव्यतर्फ अघि बढेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us