
राष्ट्रपति पौडेल सर्वसाधारणलाई टीका प्रदान गर्नुहुँदै
काठमाडौँ, २६ असोज :
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई विजया दशमीको टीका प्रदान गर्नुहुँदै। तस्बिर : किरणराज विष्ट/रासस
काठमाण्डू, २६ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा शनिबार सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन् ।
दिउँसो ३ बजे प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, मन्त्री, सांसद, संवैधानिक अंगका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा दिइसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाउन सुरू गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्ने इच्छा राखेर लाममा बस्ने सबैलाई राष्ट्रपति पौडेलले टीका लगाइदिने छन् । राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौं मानिस लाममा बसेका थिए ।
विजयादशमीका दिन राष्ट्रको अभिभावकका रूपमा राष्ट्राध्यक्षबाट हजारौं नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन् ।