काभ्रे, २७ असोज- काभ्रेको पाँचखाल नगरपालिका–८ मा गएराति सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताइन् ।
मान्यजनको हातबाट टीका लगाउन जाँदै र गएर फर्कँदै गरेका यात्रु सडक अवरुद्ध बीच बाटोमै अलपत्र परेका छन् ।
राजमार्ग अवरुद्ध हुँदा काठमाण्डूबाट बाहिरिएका र भित्रन लागेका सयौं सवारी साधनको लामो लाइन लागेको छ ।