माधव नेपाल पत्नी गायत्री दूधमा चिप्लिएर लडिन्

काठमाण्डु टुडे २०८१ असोज २५ गते १४:०८ मा प्रकाशित

काठमाण्डू, २५ असोज- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल आचार्य घरमै लडेर घाइते भएकी छन् ।

भान्छामा  काम गरिरहेका बेला पोखिएको दूधमा चिप्लिएर लड्दा उनको देब्रे हात भाँचिएको छ ।

अध्यक्ष नेपाल आफैंले उनलाई अस्पताल लगेका थिए ।

गायत्रीको ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us