२८ वर्षीया महिलाको हत्या

काठमाण्डु टुडे २०८१ असोज २४ गते ११:१३ मा प्रकाशित

गोरखा, २४ असोज- गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले २८ वर्षीया रश्मी कुमालको बुधबार राति  १२ बजेतिर अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जनाएको छ ।

घर नजिकै दसैंको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रमबाट फर्किएर घरभित्र प्रवेश गर्ने क्रममा कुमालमाथि घरको दैलोमा आक्रमण भएको प्रहरीको भनाइ छ ।

गम्भीर घाइते कुमालको उपचारका क्रममा विहीबार बिहान दमौली अस्पतालमा मृत्यु भएको हो ।

कुमालको घाँटीमा गहिरो चोट छ । मृतकका श्रीमान राजु कुमाल वैदेशिक रोजगारीमा छन् ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us