कामना सेवा विकास बैंक र बुद्ध एयरबीच सम्झौता, टिकटमा ८ प्रतिशत छुट

काठमाण्डु टुडे २०८१ असोज २३ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, २३ असोज– कामना सेवा विकास बैंकले बुद्ध एयर प्रा. लिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन ।

बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउने भएका छन । साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको मोबाईल बैंकिङ मार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउने भएका छन ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकको विश्वास रहेको छ । उक्त छुट सम्वन्धी सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरि प्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us