काठमाण्डू, २२ असोज-कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले बाढीपहिरोको विपदका बेला सरकारको उपस्थिति कमजोर देखिएको स्वीकार गरेका छन् ।
कांग्रेसका भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्यहरूसँग मंगलबार भएको छलफलमा महरले बाढीपहिरो र डुबानका बेला सरकारले प्रभावकारी उपस्थिति देखाउन नसकेको बताए ।
जनता दु:खमा परेका बेला राज्यले अभिभावकीय भूमिका देखाउनुपर्नेमा सरकार चुकेको उनको भनाइ थियो ।
बाढीपहिरो र डुबानमा परी धेरै मानिसको मृत्यु भएको, अर्बौंको क्षति भएको र जनता बिचल्लीमा परेको समयमा सरकार नदेखिनु दुःखको कुरा भएको उल्लेख गरे ।
बाढीपहिरो र डुबानबाट क्षति पुर्याएका शैक्षिक संस्था र स्वास्थ्य संस्था पुनर्निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताए ।