काठमाण्डू, २३ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल बांग्लादेश हुने वा बंगलादेश बनाउने अभिव्यक्ति आफूले कहीं नदिएको बताएका छन् ।
नेपाली सन्चार माध्यमका सम्पादकसंग बुधबार बिहान अन्तर्क्रिया गर्दै प्रचण्डले सरकारले दुई तिहाइको अहंकार प्रदर्शन गरिरहे बंगलादेश जस्तो हुन सक्छ भनेको उनको भनाइ थियो । सरकारले अहंकारी सोच र शैली नत्यागे बंगलादेश हुन पनि सक्ने उनको भनाइ थियो । बंगलादेशमा ६ महिनाअघि सम्पन्न निर्वाचन मा दुई तिहाई अभिमत ल्याएकी शेख हसिना मुलुकै छाडेर भाग्नुपरेको घटना स्मरण मात्र गराएको उनको भनाइ थियो ।