समाचार

राष्ट्रपति पौडेललाई भेट्न प्रचण्ड शीतल निवास पुगे

२०८१ कार्तिक ७ गते १६:२४

काठमाण्डु, ७ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवासमा पुगेका छन । देशको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन भएको सय दिन लगायत समसामयिक विषयमा छलफल गर्न प्रचण्डसहित विपक्षी दलहरू राष्ट्रपतिलाई भेट्न पुगेको...

रवि लामिछानेका समर्थकले राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित बनाउन खोजे: कांग्रेस

२०८१ कार्तिक ७ गते १६:०९

काठमाण्डु, ७ कात्तिक– सत्ताको प्रमुख घटक कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई आतङ्कित...

इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली

२०८१ कार्तिक ७ गते १६:०१

काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमाले जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले देखेको छ भने त्यो गलत हुने दाबी गरेका छन । आज (बुधबार) सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका...

अर्थतन्त्रमा सुधारको संकेत देखियो, व्यवसायीमा आत्मविश्वास बढ्योः प्रधानमन्त्री ओली

२०८१ कार्तिक ७ गते १५:५३

काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको बताएका छन । आज बुधबार सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । साथै प्रधानमन्त्री ओलीले राष्ट्रियता सुशासन र विकासमा...

जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुन्छ: प्रधानमन्त्री ओली

२०८१ कार्तिक ७ गते १५:४८

काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने बताएका छन । आज (बुधबार) सरकारको १०० दिने पुगेको अवसरमा सिंहदरबाबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको...

सहकारी ठगीमा संलग्न ५ सय ७५ जनाभन्दा बढी जेलमा छन्: प्रधानमन्त्री ओली

२०८१ कार्तिक ७ गते १५:४५

काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने बताएका छन । आज (बुधबार) सरकारको १०० दिने पुगेको अवसरमा सिंहदरबाबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको...

१०० दिनमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरियो: प्रधानमन्त्री ओली

२०८१ कार्तिक ७ गते १५:३७

काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका छन । आज बुधबार सरकारको १०० दिन पूरा भएको अवसरमा सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीले आफूले सरकारको...

जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीमाथि कुटपिट

२०८१ कार्तिक ७ गते १५:३२

काठमाण्डु, ७ कात्तिक– जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा एक सेवाग्राहीमाथि हातपात भएको छ । कर तिर्न गएका जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने कौशल किशोर साहमाथि बुधबार दिउँसो कुटपिट भएको खुलेको छ । दिउँसो कार्यालयमा कर तिर्न गएको बेला नगर प्रहरी नितीश रायले कोठामा थुनेर मुक्का हानेको पीडित...

ललितपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ कार्तिक ७ गते १५:२०

काठमाण्डु, ७ कात्तिक– ललितपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ललितपुरकको बागमती गाउँपालिका–३ माझखोलामा बोलेरो दुर्घटना हुँदा चितवन घर भएका २८ वर्षीय चालक भरत लामिछानेको मृत्यु भएको ललितपुर प्रहरीले जनाकारी दिएको छ । माझखोलास्थित सडकमा बा २ च ९६६८ नम्बरको बोलेरो गाडी...

डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणबिच मतभेद छैन: उर्जामन्त्री खड्का

२०८१ कार्तिक ७ गते १४:४५

काठमाण्डु, ७ कात्तिक– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका बिचमा मतभेद नभएको बताएका छन । आज (बुधबार) मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरू सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका...

एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता

२०८१ कार्तिक ७ गते १४:२४

काठमाण्डु, ७ कात्तिक– एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर...

पाल्पामा २२५ जनामा स्क्रब टाइफस संक्रमण

२०८१ कार्तिक ७ गते १४:१५

काठमाण्डु, ७ कात्तिक– यो बर्ष पाल्पामा यो वर्ष २२५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि। पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार गराउन आएकामध्ये सो संख्यामा संक्रमित फेला भएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएका छन । यो बाहेक अन्य स्वास्थ्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us