काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका छन ।
आज बुधबार सरकारको १०० दिन पूरा भएको अवसरमा सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीले आफूले सरकारको नेतृत्व सम्हालेको अवधिमा सडक मर्मत र निर्माणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको पनि बताएका छन ।
उनका अनुसार मर्मत भएकामध्ये ३२.५ प्रतिशत सडकमा कालोपत्रे समेत भएको छ । जसले यातायात सेवालाई थप सुरक्षित र सहज बनाएको प्रधानमन्त्रीले सम्बोधनका क्रममा बताएका छन ।