काठमाण्डु, ७ कात्तिक– जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा एक सेवाग्राहीमाथि हातपात भएको छ । कर तिर्न गएका जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने कौशल किशोर साहमाथि बुधबार दिउँसो कुटपिट भएको खुलेको छ ।
दिउँसो कार्यालयमा कर तिर्न गएको बेला नगर प्रहरी नितीश रायले कोठामा थुनेर मुक्का हानेको पीडित साहले बताएका छन । उनले भने, ‘म कर तिर्न गएको थिएँ । नगरप्रहरीले मलाई समातेर कोठा भित्र लगे ।
ढोकाको चुक्कुल लगाएर मुक्का, झापडले टाउको, गाला र जिउमा हिर्काए’, उनले भने । सेवाग्राही साहमाथि भएको कुटपिट घटनामा संलग्न नगरप्रहरीमाथि कारबाहीको लागि पहल गरिरहेको वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले जानकारी दिएका छन ।