समाचार

सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रितः प्रचण्ड

२०८१ कार्तिक ७ गते ११:०८

काठमाण्डू, ७ कात्तिक- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् । पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँग बुधबार भएको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘सरकारको सय दिन पुगेको छ, सरकार गठनहुँदा नै हामीले...

सय दिनमा सरकार पूर्णतः असफल, तर के भनेर उपलब्धी सार्वजनिक गर्दैछन् ओली ?

२०८१ कार्तिक ७ गते १०:५८

काठमाण्डु, ७ कात्तिक- प्रधानमन्त्री केपी ओलीले सरकारको १ सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएका छन् । ओलीले अपराह्न ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रगति सार्वजनिक गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । गत ३० असारमा ओली संसदको पहिलो ठूलो दल कांग्रेस र...

उपराष्ट्रपति यादव अस्पताल भर्ना

२०८१ कार्तिक ७ गते ९:३३

काठमाण्डु, ७ कात्तिक- उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका लागि यादव मंगलबार साँझ अस्पतालमा भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा‍. शिवजीविक्रम सिलवालका अनुसार उनको बुधबार शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

२०८१ कार्तिक ७ गते ९:२९

काठमाण्डु, ७ कात्तिक- प्रधानमन्त्री केपी ओलीले सत्तारूढ दलहरुको बैठक बोलाएको छन् । ओलीले बिहान बालुवाटारमा बैठक बोलाएका हुन् । सरकारको सयदिने कामको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूलाई छलफलका लागि बोलाएका हुन् । बैठकमा कांग्रेस, एमाले, जनता समाजवादी...

नारायणगढ–मुग्लिन सडकका १४ नयां पुल तत्काल सञ्चालनमा आउने

२०८१ कार्तिक ७ गते ७:५०

चितवन, ७ कात्तिक- नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)...

पेट्रोल भरेर स्टार्ट गर्न लाग्दा मोटरसाइकलमा आगलागी

२०८१ कार्तिक ७ गते ७:४४

गुल्मी,७ कात्तिक- गुल्मीमा स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा  आगलागी  भएको छ । आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ । गुल्मीदरबार-४ का ३० वर्षीय कृष्ण बुचाले पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा  आगलागी  भएको प्रहरीले जनाएको छ । गुल्मी प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलले आगलागीबाट...

भिस्टाराको जहाजमा बम नभएको पुष्टि

२०८१ कार्तिक ६ गते २०:२८

काठमाण्डु, ६ कात्तिक-भिस्टारा एयरको जहाजमा बम राखिएको हल्ला ग़लत भएको पुष्टि भएको छ । जहाजमा बम नभएको पुस्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । तीन घण्टा रोकिएको भिस्टारा एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ । सेना र प्रहरीले...

भीम रावल, बिन्दा पाण्डे र उषाकिरणलाई शंकर पोखरेलले पठाए पत्र

२०८१ कार्तिक ६ गते १९:२९

काठमाण्डु, ६ कात्तिक-एमालेले पार्टी केन्द्रीय भवन निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङसँग ११ रोपनी जग्गा दान लिने निर्णयको विरोधमा बोल्ने नेताहरुलाई स्पष्टीकरणपत्र पठाएको छ । महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न भन्दै स्पष्टीकरण पत्र पठाएका हुन् । आइतबार साँझ बसेको सचिवालय बैठकले...

दिल्लीबाट काठमाण्डू आएको जहाजमा बम भएको सूचना

२०८१ कार्तिक ६ गते १९:१२

काठमाण्डु, ६ कात्तिक-भारतको नयाँ दिल्लीबाट काठमाण्डू आएको भिस्तारा जहाजमा बम भएको सूचना फैलिएको छ । उक्त जहाज अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । बमको भएको हल्लापछि नेपाली सेना परिचालित भएको छ । सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले सेनाको बम...

संघीय निजामती विधेयक संसद्को आगामी अधिवेशनबाट पारित हुन्छ: संघीयमन्त्री गुप्ता

२०८१ कार्तिक ६ गते १८:२५

काठमाण्डु ६ कात्तिक– संघीय मामिला तथा सामान्य प्रशाशनमन्त्री राजकुमार गुप्ताले संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयक छिट्टै पारित गर्ने बताएका छन । आज मंगलबार आफ्नो सय दिनको कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा मन्त्री गुप्ताले यस्तो बताएका हुन । मन्त्री गुप्ताले ऐनलाई छिट्टै पारित गर्नका...

पार्टीको नाम परिवर्तन गर्ने भट्टराई नेतृत्वको नेसपाको निर्णय

२०८१ कार्तिक ६ गते १८:१४

काठमाण्डु ६ कात्तिक– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । आज (मंगलबार) पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको नेत्री मानुषी यमि भट्टराईले...

नेपाललाई सम्पन्न बनाउनुपर्ने दायित्व हामी सबैको होः रक्षामन्त्री राई

२०८१ कार्तिक ६ गते १७:३३

काठमाण्डु ६ कात्तिक– रक्षामन्त्री मानवीर राईले नेपाललाई राष्ट्र, राष्ट्रियता र विकासको हिसावले सम्पन्न बनाउनुपर्ने बताएका छन । आज मंगलवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवधिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रक्षामन्त्री राईले यस्तो बताएका हुन । उनले यो सरकार अहिलेको संविधान, नियम कानूनका आधारमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us