संघीय निजामती विधेयक संसद्को आगामी अधिवेशनबाट पारित हुन्छ: संघीयमन्त्री गुप्ता

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १८:२५ मा प्रकाशित

काठमाण्डु ६ कात्तिक– संघीय मामिला तथा सामान्य प्रशाशनमन्त्री राजकुमार गुप्ताले संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयक छिट्टै पारित गर्ने बताएका छन । आज मंगलबार आफ्नो सय दिनको कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा मन्त्री गुप्ताले यस्तो बताएका हुन ।

मन्त्री गुप्ताले ऐनलाई छिट्टै पारित गर्नका लागि राजनीतिक दलका नेतृत्वसँग पुनः छलफललाई तीव्रता दिइएको र सकारात्मक सहयोग पनि पाइएको उल्लेख गर्दै सो विधेयक छिट्टै ल्याउने पनि बताएका छन ।

उनले सो विधेयक संसदका आगामी अधिवेशनमा पारित गर्ने तयारीमा आफू रहेको पनि बताएका छन । मन्त्री गुप्ताले सो विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि दोहोर्‍याए ।

संसद्को आगामी अधिवेशनबाट पारित हुने बताए । उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि अर्थ मन्त्रालयमा राय लिने काम सकिएको र कानुन मन्त्रालयका स्वीकृति पाएपछि त्यसलाई पनि अघि बढाउने बताएका छन । मन्त्री गुप्ताले कर्मचारी सरुवा मापदण्ड लागू गर्ने काममा पनि ढिलाइ नहुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us