काठमाण्डु, ७ कात्तिक– ललितपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ललितपुरकको बागमती गाउँपालिका–३ माझखोलामा बोलेरो दुर्घटना हुँदा चितवन घर भएका २८ वर्षीय चालक भरत लामिछानेको मृत्यु भएको ललितपुर प्रहरीले जनाकारी दिएको छ ।
माझखोलास्थित सडकमा बा २ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा चालक भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।