अर्थतन्त्रमा सुधारको संकेत देखियो, व्यवसायीमा आत्मविश्वास बढ्योः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १५:५३ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको बताएका छन । आज बुधबार सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

साथै प्रधानमन्त्री ओलीले राष्ट्रियता सुशासन र विकासमा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने समेत बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो ।

आज त्यसमा सुधारका संकेतहरु देखा परेका छन्, निजी क्षेत्रकै माग अनुसार आर्थिक सुझाव आयोगजस्ता महत्त्वपूर्ण आयोगहरुको गठनले व्यवसायीमा आत्मविश्वास पलाएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us